असोज, ६ काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
असोज, ४ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।बैठक केहीबेरअघिबाट पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
असोज,३ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएकाले अब सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु पर्ने बताएकी छन् ।
असोज,३ काठमाडौं । आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
भदौ, २५ काठमाडौं । दुई–दुई वर्षमा हुनुपर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलन नेपालले सन् २०१४ मा काठमाडौंमा आयोजना गरेयता भएको छैन ।