यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

image
आइतबार​, आषाढ १४ २०७७

 सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन्।

जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो ।

यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको छ ।

दूतावासले जारी गरेको विज्ञप्ति अनुसार लामो समय समस्याग्रस्त भएर नेपाल फर्किन चाहनेको संख्या उल्लेख्य छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्वयम् दूतावासमा उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ, यसरी आउने नेपालीलाई हामीले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका छौं ।’