काठमाडाैं, ११ असार । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषकाे कोभिड-१९ को कारण मृत्यु भएको हाे ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. अर्जुन आचर्यका अनुसार हिजाे (बुधबार) राति ११ : ३५ मा उनकाे मृत्यु भएकाे हाे । उनकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेकाे थियाे । उनी यहि ८ गते अस्पताल भर्ना भएका थिए ।
याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ ।
