गुल्मीमा पहिरोमा पुरिएकी बालिकाको शव भेटियो

image
शुक्रबार​, आषाढ १९ २०७७

असार, १९ काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले दुई वटा घर बगाउँदा मृत्यु हुनेको संख्या दुई जना पुगेको छ भने पाँच जना घाइते भएका छन् ।

अविरल वर्षासँगै बिहीबार राति गएको पहिरोले २७ वर्षीया ईश्वरी खत्रीको घर बगाउँदा बेपत्ता भएकी उनकी ७ वर्षीया अपेक्षा खत्री मृत अवस्थामा फेला परेसँगै मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

पहिरोमा परी ईश्वरी खत्रीसहित उनकै परिवारका ६४ वर्षीय टिका खत्री र आयुष खत्री पनि घाइते भएको गुल्मीका डीएसपी केदारराज पन्तले जानकारी दिए ।

पहिरोले सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त सारुको घर बगाउँदा उनकाे १८ महिनाका छाेरा सुरज सारूकाे मृत्यु   भएको थियो । पहिरोमा परी बसन्तसहित २१ वर्षीया सिर्जना सारु घाइते भएका छन् ।