इटहरी उपमहानगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

image
बिहीबार, श्रावण १५ २०७७

साउन , १५ इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी अस्पतालमा पठाइएको थियो । पठाइएको मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

रिपोर्ट पोजेटिभ आएपछि केही बेरमा उपमहानरको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ । इटहरीलाई लकडाउन गर्ने, नगर्ने बैठकले निर्णय गर्ने उपमेयर गौतमले बताईन् ।दिनप्रतिदिन समुदायमा कोरोना संक्रमण देखिन थालेपछि इटहरीलाई लकडाउन घोषणा गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। इटहरीमा पनि पछिल्लो घटनालाई हेर्दा समुदायमा नै कोरोना देखिएकाे भन्दै इटहरीभित्र लकडाउन गरी स्वाब परीक्षण गर्नुपर्ने इटहरी अस्पताल इमरजेन्सी शाखा प्रमुख डाक्टर राम कुमार धमलाले सुझाव दिएका हुन् ।