काठमाडौंमा २८ जना कोरोना सं‌क्रमण, याे सम्म थप ४७३ जनामा कोरोना सं‌क्रमण

image
बिहीबार, आषाढ १८ २०७७

असार,१८  काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।