आइतबार थप १ सय ४७ जना निको भए

image
आइतबार​, आषाढ २८ २०७७

असार , २८ काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या हरेक दिन घट्दै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्यामा भने उल्लेख्यरुपमा बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित फेला पर्दा निको हुनेको संख्या १ सय ४७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ४७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ८ हजार ५ सय ८९ पुगेको छ । निको हुनेको संख्या प्रतिशतमा ५१ दशमलव १ प्रतिशत रहेको छ ।

संक्रमित बढीमा पुरुष रहेका छन् भने महिलाहरुको कम छ । संक्रमित बढीमा ८० प्रतिशत पुरुष रहेका छन् । संक्रमित बाहिरी जिल्लामा संक्रमित उल्लेख्यरुपमा घट्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्