नागर्जुन नगरपालिकाका नगर प्रमुखसँग निजि विद्यालयका छाता संगठन नेशनल प्याब्सन तथा प्याब्सनका प्रतिनिधिहरूको छलफल

image
बिहीबार, श्रावण ८ २०७७

आज मिति २०७७ श्रवण ८ गते, नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेत ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,शिक्षा शाखा प्रमुख कृष्णा बहादुर कुँवर समेतको उपस्थितिमा नेशनल प्याब्सन र प्याब्सनका प्रतिनिधीहरूले संंयुक्त रुपमा, निजि विद्यालयका समसामियक समस्याहरू राखेकाछन्। कार्ययक्रममा नेशनल प्याब्सन तथा प्याब्सनका प्रतिनिधिहरूले लामो समयदेखि  विद्यालयहरू बन्द हुदाँका समस्याहरू तथा "बन्द विद्यालयहरू के कसरी सुचारू गर्न सकिन्छ?", भन्ने बिषयमा छलफल गरिएको थियो। उक्त छलफलमा विद्यालय सञ्चालकले हालको परिस्थितिमा के कसरी विद्यालय यथाशक्य सिघ्र सञ्चालनका लागि आउने समटस्या र समाधानका उपायहरु प्रस्तुत गर्नुभएकत्त थियो। विद्यालय सिघ्र सञ्चालनका लागि आफू सँधै सकारात्मक रहेको कुरा नगर प्रमुखले भन्नुभयो। साथै समस्या समाधानका लागि उपत्यकाका मेयर फोरोममा समेत यो प्रस्तव लैजाने प्रतिबद्धता जाहेर गर्नभयो।