असार,२६ म्याग्दी । गएराति देखी अविरल वर्षाका कारणले म्याग्दी जिल्लाको बिभिन्न ठाउँमा पहिरोले क्षेति पुर्याएको छ ।म्याग्दी जिल्लाको धवलागिरि गा.पांं.को वाड न.६ मराङ्काे रिखा, राम्चे, जिफ, घण्टिवाङ, कल्लेनी र मालिका गाउँपालिकाको बिम भन्ने ठाउँबाट बर्षाका कारण पहिरो गएको छ ।
त्यस ठाउँका समाज सेवी रेसम भण्डारीका अनूसार, २०/२२ जना बेपत्ता भएको जानकारि दिएका छन् ।
त्यस ठाउँको जन जिवन तनब ग्रस्त बनेको छ । एक ठाउँ बाट अर्को ठाउँ जान नसक्ने अवस्था रहेको उहाँले बताउनु भयो । अहिले सम्मको जानकारी अनुसार सो ठाउँको २० अौँ ठाउँमा पहिरोले क्षेति पुर्याएको उहाँले हामीलाइ फोन मार्फत जानकारी दिनुभयो । हाल त्यस ठाउँमा उदार गर्न जाने सम्भावनानरहेको उहाँ बताउनुभयो । उहाँले त्यस ठाउँकाे घटनाकाे बारे अझै जानकारि अाउन बाकी रहेकाे बताउनुभएकाे छ ।