कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित

image
मङ्गलबार, आषाढ ३० २०७७

असार,३० सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।