सोमबार मात्र नेपालमा थप १४४ जना कोरोना भाइरस संक्रमित थपिए

image
सोमबार, आषाढ २९ २०७७

असार,२९ काठमाडौं । सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।