काठमाडौँ – गोंगबुमा रहेको नयाँ बसपार्क नजिक रहेको ग्यारेजमा आइतबार बिहान आगलागी हुँदा ८ वटा गाडीमा जलेर नष्ट भएका छन् ।
नयाँ बसपार्क नजिक रहेको सप्तश्री माइक्रो ग्यारेजमा बिहान तीन बजेतिर आगलागी हुँदा पार्किङ्ग गरि राखिएका ८ वटा माइक्रो बस नष्ट भएको गोंगबु प्रहरीले जनाएको छ ।
आगो प्रहरी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण चारवटा गाडीमा आंशिक क्षति भएको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।