कोरोना भाइरसले विरामीको मुटुमा पनि असर पार्ने तथ्य फेला

image
सोमबार, आषाढ २९ २०७७

असार,२९ काठमाण्डाैँ । कोरोना भाइरसले बिरामीको हृदयलाई पनि असर गर्ने जनाइएको छ । युके युनिभर्सिटी अफ एडिनबर्गले गरेको एउटा अध्ययनले संक्रमितको मुटुमा भाइरसले प्रभाव पार्ने संकेत देखिएको जनाएको छ।एडिनबर्ग विश्वविद्यालयमा यो अध्ययन ६९ देशका १२ सय बिरामीहरूलाई गरिएको थियो। ति मध्ये आधा भन्दा बढी बिरामीहरूको मुटु असामान्य देखिएको छ । १५ प्रतिशतमा संक्रमितहरूमा गम्भीर हृदय रोग देखिएको छ।

यस अध्ययनले केवल ती व्यक्तिहरूलाई सामेल गरेको छ जुन कोरोनाको गम्भीर संक्रमणबाट ग्रसित थिए। यद्यपि धेरै जसो केसहरूमा कोरोना संक्रमणको हल्का लक्षणहरू मात्र देखा पर्दछ। यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर मार्क ड्वेकले बीबीसी रेडियो ४ टुडे प्रोग्रामलाई अनुसन्धानले हामीलाई संक्रमितको हेरचाह गर्न मद्दत पु¥याउने बताएका छन् ।

मार्क ड्वेकले भने, ‘मुटुको गडबडी ति बिरामीहरूका लागि कोरोना गम्भीर समस्याको रूपमा देखिएको छ। यसबाट उनीहरूको जीवन बचाउने सम्भावना छ । यो उनीहरूको रिकभरीलाई असर गर्ने एक कारक पनि हो। अब हामीले यी बिरामीहरूको राम्रो हेरचाह गर्नुपर्दछ, उपचार पनि गर्नुपर्दछ।’

मार्कका अनुसार कोभिडका बिरामीहरू जो मुटु सम्बन्धी समस्यामा रहेका छन् उनीहरूलाई छिट्टै सुधार गर्नु पर्ने हुन्छ। यस अघि कोरोना भाइरसले स्वास्थ्यमा दीर्घकालीन असर गर्ने र दिमागलाई पनि असर पार्नेबारे पत्ता लगाइसकेको छ।