नेपाल बङ्गलादेश बैंकले दियो बीमा बापत पन्ध्र लाख

image
मङ्गलबार, आषाढ ३० २०७७

असार , काठमाण्डाैँ ।  नेपाल बङ्गलादेश बैंकका खातावालको परिवारलाई बैंकको बीमा सुविधा अन्तर्गतको रकम पन्ध्र लाख (रु १५,००,००० मात्र) हस्तान्तरण गरेको छ । बैंकले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको हो ।

बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधनभएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको प्राप्त रकम रु १५,००,०००स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले हस्तान्तरण गर्नु भएको हो ।

बैंकले असार २९ गते बैकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ । साथै बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी दिएको छ ।