सुनको मूल्य तोलामा एक सयले घट्यो

image
बिहीबार, श्रावण १ २०७७

साउन,१  काठमाडौं । सुनको मूल्य तोलामा एक सयले घटेको छ ।  सुनको भाउ तोलाको ९२ हजार ७ सय पुगेको छ । बुधबारको तुलनामा बिहीबार ९आज० एकैदिन तोलामा १ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुन तोलाको ९२ हजार ७ सय तोकेको छ ।  बुधबार तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो ।

 यस्तै, तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार २ सय ६० पुगेको छ । बुधबारतोलाको ९१ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलाको एक हजार नाघेको छ ।महासंघले आजका लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ ।