कोरोनाको जोखिम बढ्दै गए देशलाई पुनः लकडाउन गर्न सरकार बाध्य हुने

image
बुधबार, श्रावण १४ २०७७

साउन,१४ काठमाण्डाैँ। पछील्लो समय नेपालमा सरकारले लकडाउन हटेको घोषणा गरेपछि धेरै लाई लागेको होला अब नेपालमा कोरोनाको धेरै जोखिम छैन् र जोखिम घट्दै छ । तर स्वास्थ्य मन्त्रालयले भने कोरोनाको जोखिम उत्तिकै रहेको र फेरि जोखिम बढ्दै गए देशलाई पुनः लक गर्न सरकार बाध्य हुने बताएको छ।

हिजो मात्र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले एउटा तथ्यांक सार्वजनिक गरेका थिए जस्का अनुसार लकडाउन खुल्नु भन्दा  अगाडी अषाढ ३१ देखि साउन ६ गतेसम्म जम्मा ३०,०९६ आर टि. टि र पिसि आर नमुना परिक्षण गरिएकोमा ९३३ जनामा कोभिड पोजेटिभ देखिएको थियो त्यो भनेको ३.१ प्रतिशत हो भने त्यसैगरी लकडाउन हटेपछि साउन ७ देखि हिजोसम्म जम्म २८,०७२ आर टि. टि र पिसि आर नमुना परिक्षण गरिएकोमा १०६९ जनाको पोजेटिभ आएको थियो । यो भनेको ३.८ प्रतिशत हो । अर्थात लकडाउन हटेपछि जोखिम जन बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

स्रोतका अनुसार लकडाउन हटेपछि केही जिल्लामा अहिले केही संक्रमितको कुनै ट्राभल हिस्ट्री नै नभएको भेटिन थालेको बताइएको छ र यो संगै कतै समुदायमा संक्रमण देखिन थालेको हो कि भन्ने शंका गरिएको छ । अहिले समुदायमा संक्रमण देखिएको छ कि छैन् भनेर अध्ययन भैरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।