असार,२९ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु कुन ठाउँका हुन् मन्त्रालयले खुलाएको छैन ।