रौतहटमा वडा अध्यक्षको मृत्यु, कोरोना संक्रमण आशंका

image
सोमबार, श्रावण १९ २०७७

 साउन , १९ रौतहट। रौतहट जिल्लाको इशनाथ नगरपालिका-५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिएका छन्‌।​स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले निजलाई कोरोना संक्रमण आशंका गरिएको छ। उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए।

रक्तचाप र मधुमेह (प्रेसर र सुगर) को समस्या भोग्दै आएका ठाकुरले आइतबार मध्यरातमा राम्ररी सास फेर्न नसकेपछि उपचारका लागि सदरमुकाम गौरतर्फ लगिएको थियो। तर बाटैमा निधन भएपछि श-व फर्काएर अहिले घरमै राखिएको छ।तर, तीन दिनअघि मात्रै उनमा संक्रमण भए/नभएको बारे थाहा पाउन आरडीटी गरिएको र परीक्षण नतिजा नेगेटिभ आएको गाउँपालिकाका अधिकारीहरुले जानकारी दिएका छन्‌।​

​ज्यान गुमाएका यादवमा कोरोना संक्रमणको लक्षण देखिएकाले उनको परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।