पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि, पर्सामा मृत्तकको संख्या १३ पुग्यो

image
बुधबार, श्रावण २१ २०७७

 साउन , २१ पर्सा । पर्सामा गएको सोमबार मृत्यु भएकी एक १८ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो ।

उनलाई पखाला लागेकी उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।