साउन,३० काठमाडौं । शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर रहेका ३९ वटा प्रयोगशालामा ११ हजार ५ सय ७५ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकाका १ सय १९ सहित देशभरी ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा भेटिएका १ सय १७ मध्ये काठमाडौं जिल्लाका ८१ जना, भक्तपुर जिल्लाका ६ जना र ललितपुर जिल्लाका ३० जना रहेका छन् ।आज भेटिएका सहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ छ।त्यस्तै कोरोनाबाट मृत्यु