आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

image
आइतबार​, श्रावण १८ २०७७

साउन, १८ काठमाण्डाैँ ।  जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको जानकारी दिएको छ ।

आइतबार दिउँसो दशैभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।साथै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै राति, देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र गण्डकी प्रदेश एक९दुई स्थानमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।