नाकामा झण्डै ११ हजारको परीक्षण गर्दा ४० जना संक्रमित ,प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए

image
मङ्गलबार, श्रावण २० २०७७

साउन,२० काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने तीन मुख्य नाकामा संकलन गरिएको झण्डै ११ हजार स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नाकामा ६ हजार ६४, फर्पिङ नाकामा १ हजार ३०७ र भक्तपुरको साँगामा ३ हजार ४८२ जना गरी १० हजार ८५३ जनाको स्वाब संकलन गरिएको थियो ।

यो सबै परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।अहिले नाकामा स्वाब संकलन गर्न छोडिएको छ ।