९० वर्षीया वृद्धाले दश दिनमै जितिन कोरोना

image
बुधबार, श्रावण २१ २०७७

साउन , २१ विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धाले दश दिनमै कोरोना सङ्क्रमण मुक्त भएर घर फर्केकी छिन् ।विराटनगर–६ निवासी मधु भट्टराई अस्पताल भर्ना भएको दशदिनकै दिन डिस्चार्ज भएर घर फर्केकी हुन् ।

एउटै घरबाट चारजना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका परिवारका सासु र बुहारीले बुधबार कोरोनामुक्त भएका हुन् । छोरा र नाति भन्दा अघि नै ९० वर्षीया ज्येष्ठ नागरिकले कोरोनामुक्त भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनलाई अस्पताल पुगेर सम्मानसहित बिदाई गरे ।

साउन १९ गते अस्पताल भर्ना भएकी भट्टराईमा कोरोना लक्षण देखिएको थिएन । मधुमेह, उच्चरक्तचापसहितका समस्या भएपनि भट्टराईमा लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेपछि १० दिनको दिन स्वाब संकलन गरिएको थियो ।बुधबार आएको रिपोर्टमा २१ जनाको नेगेटिभ देखिएको हो । जसमा ९० वर्षीया भट्टराईको समेत नेगेटिभ आएको हो ।अस्पताल स्थापनादेखि हालसम्म भर्ना भएका २४७ जनामध्ये २०३ जना डिस्चार्ज भईसकेका छन् । अस्पतालमा बुधबारसम्म ४३ सक्रिय संक्रमित रहेका छन् ।