सुनको भाउ आज तोलाको कति छ ?

image
मङ्गलबार, श्रावण २० २०७७

साउन, २० काठमाण्डौँ ।पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।सोमबारको मुल्यभन्दा आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको हो ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो ।आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।लकडाउन खुलेसँगै नेपालमा सुनको भाउ दिनहुँ बढ्ने क्रम जारी रहेको छ ।