बलिउडकी यी अभिनेत्रीले पनि आफै प्राण त्यागिन

image
शनिबार, श्रावण २४ २०७७

साउन , २४  काठमाडौं । भारतमा फेरि एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान फालेकी छिन् ।भोजपुरी फिल्मकी अभिनेत्री तथा टिभी कलाकार अनुपमा पाठकले पासो लगाएर ज्यान फालेकी हुन् ।४० वर्षीया अनुपमाले मुम्बईको दाहिसरमा रहेको आफ्नो फ्ल्याटमा पासो लगाएर आफ्नै ज्यान फालेको भारतिय मिडियामा जनाइएको छ ।

ज्यान जानु भन्दा एक दिनअघि सम्म उनी सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् । उनको निधनको खबरले कलाकारहरुले दुख व्यक्त गरेका छन् । यसअघि अभिनेता समिर शर्माले पनि आफ्नो ज्यान फालेका थिए ।

उनी अगस्ट २ तारिकमा आफ्नो घरमा मृत भेटिएको थिइन् । मर्नु अघि आफ्नो लेनदेनको बारेमा १० मिनेटको भिडियो पोष्ट गरेको भारतीय मिडियाले बताएको छन् ।

बलिउडमा कलाकारहरुको निधन हुने क्रम रोकिएकै छैन । इरफान खान   ऋषि कपुर  वाजिदखान हुदै सुशान्त समिर लगायत धेरै कलाकारको निधन भइसकेको छ ।

केहि दिन अघि मात्र ‘ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा आत्महत्यन गरेका थिए ।सुशान्त सिंह राजपुतको निधन पछि उनी डिप्रेेेशनमा पुगेका थिए ।

४४ वर्षका समिर शर्मालाई बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले शव देखेर वरिपरिका मानिसलाई जानकारी दिए । शवको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

सुशान्तको निधनपछि उनी डिप्रेसनमा रहेको बताइन्छ । उनले इन्टाग्राममा आफ्नो समस्याहरु राख्ने गरेको भारतीय मिडियाहरुले बताएका छन् ।

घटनास्थलबाट कुनै सुसाइड नोट भने भेटिएको छैन ।समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।