ललितपुरमा रहेको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचीका कोरोना संक्रमित एकको मृत्यु

image
बिहीबार, भाद्र ११ २०७७

भदौ, ११   काठमाडौं । ललितपुरमा रहेको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमितको एक पुरुषको मृत्यु भएको छ।

 अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको  मृत्यु गएराति भएको छ ।ती संक्रमित भदौ ७ गते अस्पतालमा कोरोनाकै लक्षणसहित भर्ना भएका थिए । उनको पीसीआर परीक्षण गर्दा ९ गते संक्रमण देखिएको उनले जानकारी दिए ।  उनले भने, “भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।”