समुदायमा स्तरमा कोरोना फैलिएको आशंका गरिएको वीरगञ्जको एउटै वडामा ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।वीरगन्ज महानगरपालिका-११ श्रीपुरका ४६ जना संक्रमित सहित अन्य गरेर ७४ जनामा कोरोना पुष्टि भएको छ ।
एउटै वडामा यति ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका यथार्थमा परिणत भएको छ ।संक्रमितहरूमध्ये एकजना पत्रकार पनि छन्। अर्को एकजना भने बाराका जिल्लाका बासिन्दा हुन बाँकी सबै वीरगन्ज निवासी हुन्।थपिएका संक्रमितहरूमध्ये लक्षण देखिएकालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। लक्षणविहीन अवस्थाका संक्रमितलाई भने होम आइसोलेसनमै राखिने छ।
पछिल्लो समय वीरगन्जमा दैनिक संक्रमण दर बढ्दो क्रममा रहेको छ। साउन महिना यता मात्र वीरगन्जमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ।