आज सारा अलि खानको जन्मदिन, कति वर्षको पुगिन् ?

image
बुधबार, श्रावण २८ २०७७

आज बलिउड अभिनेत्री सारा अलि खानको जन्मदिन परेको छ । आजबाट उनी २५ औ वर्षमा प्रवेश गरेको छिन् ।उनी बलिउडको चर्चित नवाव सेफअलि खानकी छोरी हुन् । उनकी आमा अमृता सिंह पनि १९८० को दशककी चर्चित अचिनेत्री हुन् ।

२०१८ मा चर्चित अभिनेत्री सर्मीला टेगोर, अभिनेता सेफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीले बलिउडमा पाईला टेक्ने भनेर ठूलै हलचल मच्चिएको थियो । उनको परिवारको अधिकांश फिल्मी क्षेत्रमा रहेकोले उनी यो क्षेत्रमा आउनु कुने नौलो कुरा भने थिएन।उनले अमेरिकामा पोल्टिकल साइन्स र हिस्टीमा ब्याचुलर सम्मको अध्ययन गरेकी छिन् ।उनले राती नै आफ्नो भाइ र आमासँग बसेर जन्मदिन मनाइरहेको फोटो सामाजिक सञ्जालमार्फत शेयर गरेको छिन् ।