प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना संक्रमण, हाल नेपालमा प्रहरीका ३१९ जना अधिकारी संक्रमित

image
बिहीबार, श्रावण २२ २०७७

साउन,२२ काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमित प्रहरीलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् । तीमध्ये ११९ जना निको भएर काममा फर्किसकेका छन् ।