नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय सिल गरियो

image
सोमबार, श्रावण १९ २०७७

 साउन , १९नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए । 

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्रोतले जनाएको छ ।