भादाैं,११ काठमाडौं । सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई राहत वितरण गरिएको छ ।राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकले जुगल गाउँपालिका वडा नं २, लिदीका बाढीपहिरो पिडितलाई राहत वितरण गरेको हो ।
बाढीपहिरोबाट मृतक प्रत्येक परिवारलाई १२ हजार नगद, घर पुरिएका परिवारलाई ६ हजार नगद र विस्थापित १ सय ७२ घरपरिवारलाई २ हजार का दरले राहत वितरण गरिएको हो ।
साउन ३० गते गए सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा गएको पहिरोका कारण ३३ जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता छन्।
पहिरोका कारण ३७ घर पुरिएका थिए। पहिरोका कारण विस्थापित भएका १ सय १२ घरपरिवारलाई जुगल गाउँपालिकाकै सेलाङ बासखर्कमा स्थान्तान्तरण गरिएको छ।