साउन , २२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।परिवार निकट श्रोतले दिएको जानकारी अनुसार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षणको परिणाम आएपछि ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।
सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरमा भने संक्रमण भेटिएको छैन ।निवासमा कार्यरत कुन दर्जाका सुरक्षाकर्मीमा संक्रमण देखिएको भने खुल्न सकेको छैन ।यसअघि सभामुख अग्नी सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा समेत कोरोना देखिएको थियो ।