बिहिबार नेपालमा थप ३ सय ६० कोरोना संक्रमित

image
बिहीबार, श्रावण २२ २०७७

साउन ,२२ काठमाण्डौँ । बिहिबार नेपालमा ३ सय ६० नयाँ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ६ सय २२ जनाको नमूना परिक्षण गर्दा ३ सय ६० जनाको नतिजा पोजेटिभ आएको हो ।योसँगै कोरोना संक्रमित हुनेको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै २४ घन्टामा २ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेका छन् ।थप ५ जनाको निधन भएसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।आजसम्म नेपालमा ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।