थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा कोरोना

image
बिहीबार, श्रावण २२ २०७७

साउन , २२ काठमाण्डौँ ।  थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क भवनमा रहेको रुङ्गटा व्यापारिक घरानाको कार्यालयमा कार्यरत एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

सेन्टर बिजनेस पार्कको चौथो तलामा रुङ्गटा समूहका २ वटा कार्यालय संचालनमा रहेका छन् । तीमध्ये संक्रमण देखिएकी महिला कार्यरत रहेको कार्यालय सात दिनको लागि बन्द गरिएको छ ।ट्रेड टावरलगायतका चर्चित १५ व्यापारिक समूहहरु रहेको यस परिसरमा दुई हजारभन्दा बढी व्यक्तिहरु रोजगारीमा छन् ।

पोषक पेटेल दाना र दिव्य सोयाबिन तेललगायतका उत्पादनका लागि नाम कमाएको रुङ्गटा व्यापारिक घरानाले ओम एग्रो प्रोडक्ट, ओम चाओ बिरो फिड इण्डस्ट्रिज, पेटेल फिड, पोषक ब्रिड्स फर्म, फ्लोर मिल्स, जगदम्बा ट्रेडिङलगायतका कम्पनीको नामबाट व्यवसाय सञ्चालन गर्दैआएको छ ।