कोरोनाबाट थप चार जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ९५ पुग्यो

image
बिहीबार, श्रावण २९ २०७७

साउन, २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप चार जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रदेश–१ मा ८ पुरुष, प्रदेश–२ मा २८ पुरुष र ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्चििम प्रदेशमा ५ पुरुष र तीन महिलाको निधन भएको छ ।बुधबार थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको थियो ।

यस्तै पेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् ।