काठमाडौं उपत्यकामा ८ जना संक्रमित सम्पर्कबाहिर , ‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन

image
बिहीबार, श्रावण २२ २०७७

साउन,२२ काठमाडौं । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् ।इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा  अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।

‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन’ इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन्, ‘बेपत्ता हुनेहरु तराईका जिल्लाबाट आएका थिए ।’कोइरालाका अनुसार कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका रहेका छन् ।‘यसअघि पनि यसरी नै संक्रमित सम्पर्कविहीन भएका थिए, तर पछि आफैं सम्पर्कमा आएका थिए’ उनले भने ।