साउन,३० सिन्धुली। शुक्रबार सिन्धुलीका १३ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्नको लागि अस्पतालमा बेडको अभाव भएको छ । ।जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा स्वाब संकलन गरेर परिक्षणका लागि पठाईएको १८८ जना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो ।
विदेशबाट आएर भुसंरक्षणको कार्यालयमा रहेको क्वारेन्टाईनमा रहेका ७ जना, क.न.पा.–७ का एक जना, पर्यावरण गण रानिवासका २ जना सैनिक, एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी र कन्ट्रयाक ट्रेसिङमा परेर क्वारेन्टाईनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।
सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सिन्धुली अस्पतालमा वेड अभावमा उपचारका लागि समस्या भएको छ । सिन्धुली अस्पतालमा रहेको १४ आईसोलेसन वेड मध्ये १० वटा वेड मात्र खाली भएकाले अन्य संक्रमितलाई व्यवस्थापन गर्न एपोलो अस्पतालमा व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।