असोज, १६ काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।बिहीबारको तुलनामा सुनको मुल्य तोलामा २ सय ले घटेको हो ।
आज (शुक्रबार) छापावाल सुन तोलाको ९४ हजार ३ सय र तेजावी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यो मुल्य बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार ७ सय थियो ।

सुन पसलमा गहना लगाउँदै गरेकी एक युवती ।
सुनको मुल्य घट्दा चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलाको ११ सय ७५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।चाँदीको मुल्य बिहीबार पनि ११ सय ७५ थियो भने बुधबार ११ सय ९० मा कारोबार भएको थियो ।
तलको तालिकाबाट हेर्नुहोस् असोज महिनाको सुनचाँदीको मुल्यसूची

स्रोत : नेपाल सुनचाँदी व्यवसायी महासङ्घ ।