असोज, २५ काठमाडौं । पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ ।क्यान्सर रोग विशेषज्ञ डा. यादवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।
उनले आफु निको नभएसम्म ओपीडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् ।उनी क्यान्सर हस्पिटल र बीएन्डसी हस्पिटलमा कार्यरत छन् ।