असोज,२९ कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ ।बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए ।
शरीरमा आगो लागेर गम्भीर घाइते रहेकी महिलाको उपचारमा क्रममा बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । अन्य २ जनाको भने काठमाडौँमा उपचार भइरहेको छ ।धनगढीस्थित माया मेट्रो अस्पतालबाट बुधबार नै हेलिकप्टरमार्फत तीनै जनालाई काठमाडौँ लगिएको थियो ।