साउन, १८ काठमाडौं । प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। एक जना फरार छन् ।महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति पक्राउ परेका हुन् ।
भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ ।जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेको हो । घटनामा फरारको खोजी भइरहेको जनाइएको छ ।