कात्तिक, ८ काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यामीलाई कोरोना संक्रमण भएको छ ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको आज विहान आउँदा उनीहरुमा कोरोना पोजिटिभ पाइएको हो।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।“चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe” उनले ट्विटरमा लेखेका छन् ।