किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

image
बिहीबार, आश्वीन २९ २०७७

असोज, २९ काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।उनलाई यही असोज २० गते भर्ना गरिएको थियो । उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।उनको छातीमा पानी जमेको समस्या थियो ।