ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट आउट, विष्णु पौडेलको अर्थ मन्त्रालयमा इन्ट्री

image
बुधबार, आश्वीन २८ २०७७

असोज, २८ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट आउट भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गर्दा ईश्वर पोखरेललाई उरक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।