सुनको मुल्य डेढ महिनायताकै घट्याे.....

image
शुक्रबार​, मङ्सिर ५ २०७७

मंसिर, ५ काठमाडौं ।  नेपाली बजारमा आज सुनको मुल्य डेढ महिनायताकै सस्तो भएको छ । गत असोज ११ गते ९३ हजार ३ सय मा कारोबार भएको सुनको मुल्य त्यसयता आजको दिन सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज अर्थात साताको अन्तिम दिन छापावाल सुन तोलाको ९४ हजार र तेजावी सुन तोलाको ९३ हजार ५सय मा कारोबार भैरहेको छ ।

भोली शनिबार सुनचाँदको नयाँ मुल्य निर्धारण नहुने भएको हुनाले शनिबार पनि शुक्रवार तोकिएकै मुल्यमा कारोबार हुने गरेको छ ।आज चाँदीको मुल्य तोलाको १ हजार २१० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।