ओलीलाई हटाउनै पर्छ: बाबुराम भट्टराई...

image
बुधबार, मङ्सिर ३ २०७७

मंसिर,  ३ काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन्।

भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलतारभ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने बताएका छन्।

प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै लेखेका छन्, ‘१। राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २। ओली सरकारको असफलता(भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’

यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा चुलिएको विवादबारे राष्ट्रपति भण्डारीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओली १२ घन्टाको अवधिमा २ पटक राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए ।

चिनियाँ राजदूत यान्छीले भने मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।

प्रधानमन्त्रीले नेकपा सचिवालयको वैठकमा आफू सहभागी नहुने भनेर अठान कसेपनि अन्तिम समयमा आएर उक्त वैठकमा सहभागी भएका थिए । बैठकमा सहभागी हुनुअगाडी उनले डेढ घन्टा राष्ट्रपतिसँग छलफल गरेका थिए ।

बुधबार सवा १ बजेबाट सुरु भएको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो छुट्टै राजनीतिक प्रतिवेद पनि पेश गर्ने त्यसको लागि १० दिनको समय माग गरेका छन् ।

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने भएको छ भने २५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।यसअघि कार्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन दूराग्रहपूर्ण रहेको ओली पक्षको आरोप छ ।