काठमाडौं उपत्यकामा १ हजार ७ संक्रमित भेटिए...

image
सोमबार, मङ्सिर ८ २०७७

मंसिर,८ काठमाडौं । वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा सोमबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये पुरुषको संख्या ५५३ र महिलाको संख्या ४५४ रहेको छ ।आज देशभर १० हजार ३८१ जनाको नमूना परिक्षण गरिएको भएतापनि काठमाडौं उपत्यका तीन जिल्लामा कति जनाको नमूना परिक्षण भयो भन्ने तथ्यांक भने खुल्याइएको छैन ।

देशभरका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा रहेका छन् । पछिल्लो तथ्यांकअनुसार काठमाडौं जिल्लामा कूल संक्रमितको संख्या ८३ हजार ८२५ पुगेको छ जसमध्ये ३२६ जनाको निधन भैसकेको छ भने ७४ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् । यहाँ अहिलेपनि ८ हजार ६६७ व्यक्तिहरु सक्रिय संक्रमितकै रुपमा रहेका छन् ।

त्यस्तै भक्तपुरमा ७ हजार ५२३ र ललितपुरमा १२ हजार ३८७ जना संक्रमित भेटिएका छन् । भक्तपुरमा ८५ जनाको ज्यान गएको छ भने ललितपुरमा ९० जनाले ज्यान गुमाएका छन् ।