बालुवाटार र बबरमहलमा नेकपाको दुवै पक्षको बैठक सुरु....

image
बिहीबार, पौष ९ २०७७

पुस, ९ काठमाडौं ।  नेकपाको (दाहाल–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने सो समूहका नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकअघि यो पक्षको स्थायी कमिटी बैठक बसेको थियो ।

बिहीबारको बैठकमा यसअघि केपी समूहमा रहेको भनिएका शेरबहादुर तामाङ र उषाकला राई पनि सहभागी भएका छन् ।

बबरमहलको कार्की पार्टी प्यालेसमा सुरु भएको प्रचण्ड नेपाल पक्ष

स्थायी समितिमा अध्यक्षद्वय पुष्कमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो ।

यसैबीच बालुवाटारमा ओली समूहको केन्द्रीय समिति बैठक पनि सुरु हुन लागेको केन्द्रीय सदस्य सुर्य थापाले जानकारी दिए ।

वालुवाटारमा सुरु भएको ओली पक्षकको केन्द्रीय समिति बैठक । पूर्वमाओवादीबाट नेकपामा आएका गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीको केन्द्रीय समिति बैठकमा सहभागी हुन ११ बजे नै बालुवाटार पुगेका छन् ।