५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट झापाका राई पक्राउ....

image
सोमबार, पौष २० २०७७

पुस, २० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित झापाका एक जना व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई रहेको त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चेक जाँचको क्रममा ९ एमएम पेस्तोलमा लाग्ने ५० थान गोलीसहित उनलाई पक्राउ गरिएको हो ।राई श्री एयरलाइन्सबाट झापाको भद्रपुर जाँदै थिए ।