माघ,१८ काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड माधव नेपाल समूह माइतिघरको सडकमा दोस्रो पटक पलेंटी कसेर बसेका छन् । यसअगाडी पुष १० गते शुक्रबार हामी यहाँ छौं लेखेको पोस्टर छातिमा टाँसेर उनीहरु सडकमा बसेका थिए । उक्त समयमा आखिर दुःख पर्दा त नेताहरुलाई पनि माइती घर नै चाहिदो रहेछ तर उनीहरु आफ्नो स्वार्थको लागि माइतघिर आएका हुन यसअगाडी उनीहरु माइतिघर आएका थिएनन् भन्दै चर्चा परिचर्चा भएको थियो ।२८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी धर्नाको तय गरेको थियो ।
काठमाडौंको मुटुमा अवस्थित माइतीघर मण्डला छेवैमा रहेको भीमकाय सिंहदरबालाई ब्यूँझाउने ठाउँ हो । जहाँ जुलुस बनेर आउँछन् गाउँमा हलो जोत्नेदेखि थलो खोज्नेसम्म । न्याय माग्नेदेखि जाय खोज्नेसम्म । आवाजविहिनहरुको आवाज माइतीघर पुगेपछि बल्ल सबैले सुन्छन् । सन्चार माध्यममा समाचार बन्छन् ।भीमकाय सिंहदरबारले पनि सुन्छ । सुनेर नसुनेझैं गरे पनि माइतीघरमा कराएको सुंहदरबारलाई नसुननि सुखै छैन । देशमा के भइरहेको माइतीघर पुगे देखिन्छ, बुझिन्छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अनौपचारिक रुपमा विभाजित भइसकेको नेकपा दुवै पक्षका नेताहरुरले एक अर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन्।